इटहरी :
नेकपा एमालेका सचिव भीमप्रसाद आचार्यले तराई, पहाड र हिमाली भूभागमा बसोबास गर्दै आएका जातिलाई एकापसमा जुधाउने ढङ्गले संविधान संशोधनको प्रस्ताव आएको बताएका छन् ।
रामधुनीभासी नगरपालिकाको दोस्रो बजेट सार्वजनिक तथा नीति कार्यक्रम घोषणासभाका अवसरमा सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा उनले प्रदेश नं ५ का कसैले पनि सीमाङ्कन फेरबदलको कुरा समेत नउठाएका विषयमा सरकारमा सहभागी राजनीतिक दलले प्रस्ताव ल्याएर मुठभेट निम्त्याउने कार्य गरेको आरोप लगाए ।
उनले प्रदेश नं १ को राजधानी इटहरी हुन सक्ने प्रबल सम्भावना बढिरहेको बताउँदै सुनसरी, मोरङ र झापा कुनै पनि हालतमा प्रदेश नम्बर २ मा जाने परिकल्पनासम्म गर्न नसकिने जिकिर गरे ।
त्यस अवसरमा नगरपालिकाका कार्यकारी अधिकृत प्रमोदकुमार चौधरीले आव २०७४(७५ का लागि १६ करोड १२ लाख नौ हजार ५०० को बजेट सार्वजनिक गर्दै नगरपालिकालाई वातावरणीय हिसाबले स्वच्छ बनाउने अभियानलाई जोड दिने नीति तथा कार्यक्रम बजेटमा भएको बताए । कारोबारबाट