झापाः 
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पूर्व–पश्चिम रेलमार्ग विस्तृत सर्वेक्षण झापादेखि मोरङसम्म सुरु भएको छ ।सुनसरीको इनरुवादेखि काकडभिट्टासम्मको खण्डमा दुई कोरियाली र एक नेपाली कम्पनीले संयुक्तरुपमा सर्वेक्षण थालेका हुन् ।

सर्वेक्षण टोलीका इन्जिनियर नवराज भण्डारीका अनुसार २७ जना प्राविधिकहकरुले इनरुवादेखि काकडभिट्टासम्मको १०५ किलोमिटर र इटहरीदेखि बिराटनगरसम्मको २० किलोमिटरमा सर्वेक्षणको काम भइरहेको छ ।

झापामा समेत ५÷५ किलोमिटरमा स्तम्भ राखिएको छ । इटहरी–बिराटनगर खण्डमा पनि लिङ्क लाइनको काम भइरहेको उनले जानकारी दिए । पूर्वमा प्राविधिकहरुका विभिन्न ७ वटा समूहले सर्वेक्षण गरिरहेको छ । रेल विभागले तयार गरेको आधारमा सर्वे टोलीले सतह मापनदेखि बेन्च मार्क र कन्ट्रोल प्वाइन्ट स्थापना लगायत प्राविधिक काम गरिरहेको उनले जानकारी दिए ।

पूर्वमा दोहाकर्न सोसुङ् शिल्ड कम्पनीले सर्वेक्षणको काम थालेको हो । पूर्व पश्चिम रेल मार्ग ९ सय ४५ किलोमिटर लामा रहेको छ । यसका एक सय ६ वटा स्टेशनहरु रहने रेल विभागले जनाएको छ ।

सर्वेक्षणको काम सुरु भए पनि रेल मार्ग विस्तारका लागि भने १५ वर्ष लाग्ने अनुमान गरिएको छ । रेलमार्ग विस्तारका लागि भई रहेको सर्वेक्षणमा स्थानीयको अवरोधले भने समस्या भएको छ । मोरङ्का केही स्थानमा स्थानीयबासीले सर्वेक्षणमा अवरोध गरेका छन् ।
सर्वेक्षणमा गाडिएका खम्बा निकालेर हटाइदिएको, केही स्थानमा प्राविधिक टोलीलाई नै अवरोध गरिएको इन्जिनियर भण्डारीले बताएका छन् । तीन महिनामा सर्वेक्षणको काम सक्ने लक्ष्य भए पनि अवरोधका कारण कठिनाइ भएको उनले बताए ।
सकेसम्म मानव बस्ती तथा ठुला संरचना जोगाउने गरी सर्वेक्षण भइरहेको छ । पूर्वपश्चिम राजमार्गबाट करिब ३ किलोमिटर दक्षिणबाट रेलमार्ग बिस्तार हुने गरी सर्वेक्षणको काम भइरहेको प्राविधिकहरुले जनाएका छन् ।कारोबारबाट

