Aamsanchar

राप्रपाः जिल्ला तहमा एकीकरण सम्पन्न

Author Image
मङ्गलवार, पौष १९, २०७३

काठमाडौँ ।

Pashupati-and-Kamal

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एकीकरण भएपछि दुवै पार्टीका जिल्लामा तहमा थालिएको एकीकरण सम्पन्न भएको छ ।

दुवै पार्टीबीच गत मङ्सिर ६ गते एकीकरण भएपछि जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको थियो । विवादित केही जिल्लामा महाधिवेशनको समयावधिसम्म आलोपालो गरी दुवै पक्षबाट नेतृत्व लिने समझदारी कायम भएको छ ।
आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म पार्टीको महाधिवेशन काठमाडौँमा हुँदैछ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार आगामी माघको तेस्रो हप्तासम्म क्षेत्रीय अधिवेशन पूरा गरी फागुन २ गतेभित्र छनोट गरिएका प्रतिनिधिको नाम निर्वाचन समितिमा पठाउनुपर्ने छ ।

अहिलेसम्म काठमाडौँ, विराटनगर, धनगढीलगायत स्थानमा क्षेत्रीय बैठक तथा सभा सम्पन्न भएका छन् । तत्कालीन पाँचै क्षेत्रमा क्षेत्रीय बैठक तथा सभा गर्ने पार्टीको निर्णयानुसार बाँकी केही स्थानमा चाँडो गरिने छ ।

पार्टीका उपाध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन समिति गठन भइसकेको छ । मुलुकको चौथो शक्तिका रुपमा स्थापित सो पार्टीमा अहिले ३७ सांसद छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर