Aamsanchar

सुधारिएको चुलो अभियान प्रभावकारी बन्दै

Author Image
मङ्गलवार, पौष १९, २०७३

धनकुटा,

sudhariyeko-chulo

धनकुटामा  धुँवारहित घरको  अभियानलाई तिब्र पारिएको छ । सन् २०२० सम्ममा धनकुटालाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने लक्ष्यका साथ पूर्ण सरसफाईका बिभिन्न सूचक मध्येको एक, घर भित्रको  धुँवा व्यवस्थापन अभियानलाई प्राथमिकतामा राखिएको हो ।

पछिल्लो पटक जिल्लाकै सबैभन्दा ठूलो छिन्ताङ्ग गाबिसलाई घरभित्रको धुँवा प्रदुषणरहित घोषणा गरिएसँगै धनकुटामा धुँवारहित गाबिसको संख्या सात पुगेको छ । महिलाहरुको अगुवाइमा घरघरमा सुधारिएको चुलो निर्माणले पारिवारिक स्वास्थ्यमा सुधार आउनुका साथै दाउरा र समयको बचत भएको उनिहरुको भनाई छ ।

धनकुटाका सात गाबिसका ५ हजार बढी घरधुरीमा धँुवारहित सुधारिएको चुलो जडान गरि सकिएको छ । जिल्ला बिकास समिति, गाविस लगायत सरकारी निकायका साथै सल्भ नेपाल र नामसालिङ्ग सामुदायीक संस्थाले पूर्ण सरसफाइको यो अभियानमा साथ दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर