Aamsanchar

रोटरी क्लव बिर्तामोडको उदाहरणीय कार्यः १४४ विद्यार्थीलाई स्वेटर

Author Image
मङ्गलवार, पौष १९, २०७३

1
बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको अनारमनी आधारभूत विद्यालयका विद्यार्थीलाई रोटरी क्लव बिर्तामोडले जाडोको कपडा प्रदान गरेको छ ।
विद्यालयका एक सय ४४ जना विद्यार्थीलाई क्लवले रोटरी क्लवका सदस्य केदार गिरीकोे सहयोगमा स्वेटर वितरण गरिएको हो ।
रोटरी क्लव बिर्तामोडका अध्यक्ष विनयराज पोखरेलले उक्त सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लवका अध्यक्ष पोखरेलले मानवीय र सामाजिक सेवामा रोटरीको अभियान निरन्तर रहेको बताए ।
सोही कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंक कटुवालले आफ्नी दिदी जानुकादेवी कार्कीको स्मृतिमा सबै विद्यार्थीलाई टाइ र बेल्ट प्रदान गरेका थिए ।

2
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका चूडाप्रसाद दुधराजले सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
त्यस्तै केदार गिरी, ओम विमली, सुरेश बंशल लगायतले बालबालिकाको क्षेत्रमा उल्लेख्य सहयोग पु¥याएको भन्दै अन्य दाताले समेत यस किसिमको सहयोग गर्न आग्रह गरे । आदिवासी समुदायका विद्यार्थी अध्ययनरत् सो विद्यालयमा गरिब तथा विपन्न विद्यार्थीलाई जाडो छल्न सहज होस् भन्दै पोशाक, टाइ, बेल्ट वितरण गरिएको बताइएको छ ।
विद्यालयका प्रधानाध्यापक कटुवालले विद्यालयको गतिविधिका बारेमा जानकारी गराउँदै केदार गिरीबाट एक सय ४४ थान स्वेटर, रोटरी क्लवको तर्फबाट पोशाक वापत ४२ हजार रुपैयाँ, झापाली–दुबई समाजको तर्फबाट अशोक चापागाईले एक सय २५ थान स्वेटर प्रदान गरेको बताएका थिए ।
विद्यालयमा अध्ययनरत् बालबालिकालाई जुत्ता किन्न छात्रवृत्ति वापतको रकम समेत प्रदान गरेको प्रधानाध्यापक कटुवालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर