Aamsanchar

सांगठनिक जिम्मेवारी हेरफेर

Author Image
मङ्गलवार, पौष १९, २०७३

खुदुनाबारी,

Puspakamal_dahal_380025590

नेकपा माओवादी केन्द्र खुदुनाबारी गाँउ कमिटिको सागठनिक नयाँ नेतृत्व हेरफेर भएको छ ।

माओवादी खुदुनाबारी केन्द्रका संहसंयोजक याम मगरको सभापतित्वमा कमिटिका इन्चार्जमा भिम चौहान,सहईन्चार्जमा तुलसी प्रसाद खतिवडालाई जिम्मेवारी सुम्पेको छ ।
प्रमुख अतिर्थी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा झापा जिल्ला सहसंयोजक रोशन कन्दङ्गवाले पार्टीको ३ महिने अभियान अन्तर्गत षौष भित्रमा पार्टीको सदस्यता नवीकरण गरिसक्नुपर्ने सहित वडा पार्टी कार्यालयको मिटिङ यही २५ सम्ममा बस्नको लागि निर्देशन गरे ।

केन्द्रिय सदस्य कन्दङ्गवाले सरकारको राम्रो कामको प्रंशशा हुन नसकेको प्रति जनाउँदै जनपक्षीय कामको प्रचारप्रसार गरी आफना कार्यकर्ता,शुभचिन्तक सम्म पु¥याउन लागि पर्नुपर्ने बताए । स्थानीय कार्यकर्ताले राखेका सवालहरुमाथि कन्दङ्गवाले जवाफ दिएका थिए ।

क्षेत्र नम्बर ४ का संयोजक राजु शेर्माले युवाहरुको भावना कदर गदै पार्टीले चाँडै युवामुखी कार्यक्रम ल्याउन सक्नुपर्ने धारणा राखे । कार्यकर्तालाई थप जिम्मेवारी सुम्पदै निराश नहुन शेर्माले आग्रह गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका भातृ संगठनको समेत संक्रिय सहभागिता रहेको केन्द्रका सूचना प्रमुख अमर परियारले बताए । कार्यक्रमको संञ्चालन इन्चार्ज भीम चौहानले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर