Aamsanchar

अवरुद्ध संसद चाडै खुल्ने-प्रधानमन्त्री दाहाल

Author Image
मङ्गलवार, पौष १९, २०७३

झापा।

puspa kamal
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवरुद्ध संसद चाडै खुल्ने र २०७४ माघ भित्र तीन वटै तहको निर्वाचन हुने बताउनु भएको छ ।
झापाको दक्षिणी गाविस बनियानीमा आज प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत धान सुपरजोनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री दहालले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्रीले दलहरु बीच समझदारी बढ्दै गएकाले सदन खुल्ने विश्वास ब्यक्त गर्नु भयो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक पटक वर्ता भैरहेकाले छिट्टै अवरुद्ध संसद् खुल्ने र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्रीले बताउनुभयो ।
सबै राजनितीक दलसहित मधेशवादी दल र एमालेकै सहमतिमा २०७४ माघ भित्रमा तीनै तहको निर्वाचन गर्ने प्रधानमन्त्रीले बताउनुभयो ।
निर्वाचन गर्न नसके देशमा राजनीतिक संकट निम्तने बताउदै प्रधानमन्त्रीले सदन नखुलेसम्म देशको विकास नहुने पनि उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर