Aamsanchar

आगलागीबाट पाँच लाखको क्षति

Author Image
मङ्गलवार, पौष १९, २०७३

पाँचथर।aago

पाँचथरको याङ्नाम–८ बाँस्बोटेका नरकुमार केरुङको घरमा आज आगलागी हुँदा करिब रु पाँच लाखबराबरको क्षति भएको छ ।

आगलागीमा परी केरुङका दुृईवटा घर पूर्णरुपमा क्षति हुँदा रु पाँच लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेको लत्ताकपडा, सुनचाँदीलगायतका सामग्री जलेर खरानी भएको स्थानीय विक्रम केरुङले जानकारी दिनुभयो ।

भान्साकोठाबाट सुरु भएको आगलागी स्थानीयको सक्रियतामा दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो ।

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर