Aamsanchar

फेरि बढ्याे पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य

Author Image
बिहिवार, जेठ २६, २०७९

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

Views: 543

प्रतिक्रिया (०)

सम्बन्धित खबर