Aamsanchar

प्रवासी नेपाली मञ्च बहराइनको दोश्रो अधिवेशन सम्पन्न

Author Image
बुधवार, पौष २०, २०७३

भरत शिवाकोटी

   [युएई]

uml

नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रवासको जन संगठन प्रवासी नेपाली मञ्च बहराइनको दोश्रो अधिवेशन बहराइनको राजधानी मनामास्थित फुड सिटी सभाहलमा गत आइतबार १ जनवारी २०१७ मा सम्पन्न भएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा गल्फ इन्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विशिष्ट अतिथी प्रवासी नेपाली मञ्च युएईका पूर्व अध्यक्ष प्रकाश कोइराला, विशेष अतिथी प्रवासी नेपाली मञ्च कुवेतकापूर्व महासचिव तथा सल्लाहकार रवी बन्जाडे लगायत अन्य अतिथीहरुको साथमा बहराइनको विभिन्न स्थानहरुबाट आएका एमाले कार्यकर्ता तथा शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाली राष्ट्रिय गान बाट शुरु भएको कार्यक्रममा मञ्चका उपाध्यक्ष सोमराज कान्दवाङले स्वागत मन्तव्य तथा संगठन विभाग प्रमुख चन्द्र वहादुर महतराले मन्तव्य राखेको उक्त अधिवेशनमा अन्य आमन्त्रित अतिथीहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रममा विशेष अतिथि रवी बन्जाडेले प्रवासमा प्रवासी मंच गठनको औचित्य बारे प्रकाश पार्दै प्रवासमा रहेका नेपालीहरुका हरेक किसिमका जायज आवाज उठाउन प्रवासी मंच क्रियासिल रहेको बताउँदै एमालेको मूल्य र मान्यता स्थापित हुन सके मुलुकको परिवर्तन टाढा नरहेको विचार व्यक्त गरेका थिए ।

अधिवेशनमा विशिष्ट अतिथी प्रवासी नेपाली मञ्च युएईका पूर्व अध्यक्ष प्रकाश कोइरालाले वर्तमान सरकारका प्रधानमन्त्रीले जनताको आशाको केन्द्रविन्दु रहेको ओली सरकार ढालेर देशलाई विदेशीहरुको इशारामा उनीहरुको स्वार्थ अनुरुप चलाउँदै लगेको,संबिधान कार्यान्वयन तथा चुनाव गराउने कार्यबाट भाग्दै अन्ततः जनआन्दोलन बाट प्राप्त उपलब्धि धाराशायी बनाउने खतरा रहेको बताएका थिए ।

अधिवेशनका प्रमुख अतिथीएमाले केन्द्रिय सदस्यतथा गल्फ इन्चार्ज श्रीप्रसाद शाहले देशलाई वर्तमान जटिल परिस्थितिबाट पार लगाउन विभिन्न शक्ति केन्द्रबाट संचालित वर्तमान जनविरोधी सरकारको विगठन गरि रास्ट्रवादी शक्तिहरुको सरकार बनाउनुपर्ने धारणा राख्दै रास्ट्रवादी सरकार नभए सम्म लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने,प्राप्त उपलब्धिको रक्षा नहुने र देश तथा विदेशमा रहेका नेपालीहरु कसैको पनि हक, अधिकार समेत सुरक्षित नहुने बताएका थिए । प्रवासमा रहेका एमाले पार्टीका शुभचिन्तक तथा आस्था राख्ने सबैलाई एमालेको झन्डामुनि गोलबन्द गर्दै प्रवासी मंच अगाडी बढनुपर्ने र यहाँ रहेका समस्या समाधान गर्न पार्टी सँधै तयार रहने नेता शाहले बताएका थिए ।

कार्यक्रमको दोस्रो चरण अन्तर्गत बन्दसत्रमा निवर्तमान अध्यक्ष दुर्गा गिरीले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने निवर्तमान उप-महासचिव काजी थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।प्रतिवेदनहरु पारित भए पश्चात अधिवेशनले शालिकराम पन्थको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सोमराज कान्दवाङ, चन्द्रबहादुर महतरार भिम कुवँर छन भने महासचिवमा काजी थापामगर, सचिवमा राजु पहारी, कोषाध्यक्षमा हरि श्रेष्ठ र सदस्यहरुमा शिवशंकर आचार्य, लक्ष्मी कंडेल, विजय गिरी, मेघनाथ आचार्य, कमला बोहरा, कमल परियार, सुधिर श्रेष्ठ, नजाम अन्सारी, थोमस कुलुङ, कृष्णप्रसाद गैरे, लगायत रहेका छन ।

त्यसैगरी निवर्तमान अध्यक्षदुर्गा गिरीको संयोजकत्वमा, जेपी सापकोटा, राजु भट्टराई, काशीनाथ पौडेल र वेदराज पौडेल सदस्य रहेको सल्लाहकार कमिटी समेतगठन गरिएको छ ।अधिवेशन मञ्चका निवर्तमान अध्यक्ष दुर्गा गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर