

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–९ मा रहेको मोवायल पसलबाट मोवायल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका–९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका–४ नुवाकोट घर भई काठमाण्डौको टोखा वस्ने १९ बर्षीय सन्तोष मगर रहेका छन । उनीहरुले यही जेष्ठ १५ गते राती मोवायल पसलको सटर फोडी ३ लाख बरावरको बिभिन्न कम्पनिको मोवायलहरु चोरी गरेका थिए ।

चोरी भएको जानकारी भए लगत्तै इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न भई फरार रहेका तामाङ र मगरलाई काठमाण्डौमा लुकिछिपि बसेको अवस्थामा चोरी भएको ३ वटा मोवायल सेट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको आजै सुनसरी जिल्ला अदालतवाट चोरी मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ ।
Views: 407


