Aamsanchar

लोपोन्मुख प्रजातिको संरक्षणमा नयाँ सम्भावना

Author Image
बुधवार, पौष २०, २०७३

काठमाडौं,

_93216719_peter-and-michelle-wong

चोरी–सिकार तथा अवैध व्यापारका कारण लोप हुने खतरामा रहेका प्राजातिको संख्या लामो समयसम्म रहने आशा पलाएको एक अध्ययनले देखाएको छ ।

अवैध व्यापार भएका विभिन्न चरासहितका प्रजातिलाई किनेका मानिसले स्वतन्त्र गर्ने क्रम बढ्दै गएकाले ति प्राजितको संख्या मुख्य बासस्थानमा घटे पनि समग्रमा भने नघट्ने सम्भावना देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

लोपोन्मुख प्रजातिका चरासहितका अरु जीवजन्तु मुख्य प्राकृतिक वातावरणबाट अवैध व्यापारका कारण घटे पनि तिनीहरुलाई किन्ने मानिसले स्वतन्त्र गर्ने क्रम बढेको र यसलाई व्यवस्थित गर्न सकेमा यस्ता प्रजातिको संरक्षमा ठूलो सफलता मिल्न सक्ने अन्नुसन्धानमा संलग्नको भनाई छ । लोपोन्मुख प्रजातिको संरक्षणका लागि अहिले अपनाइए भन्दा रचनात्मक उपाय अपनाउनु पर्नेमा जोड दिइएको छ ।

प्राकृतिक बासस्थानबाट अवैध रुपमा व्यापार गरिएका प्रजातिलाई किन्ने मानिसले स्वतन्त्र गराउन प्रोत्साहित गर्ने तथा त्यसरी स्वतन्त्र भएकाको संरक्षणका लागि ठोस उपाय अपनाउनु पर्नेमा ‘फ्रन्टिएर्स इन इकोलोजी एण्ड दि इन्भाइरोमेन्ट जर्नल’ मा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

लोपोन्मुख अवस्थामा रहेका प्रजातिले प्राकृतिक बासस्थान भन्दा बाहिर पनि आफूलाई जीवित राख्न र आफ्नो संख्या बढाउन संघर्ष गरिरहेको र यसमा सहयोगी मानवीय क्रियाकलाप लाभदायक हुने अनुसन्धानमा संलग्न हङकङ विश्वविद्यालयका सहप्राध्यापक लुक गिब्सनले बताउनुभयो ।

चराचुरुङ्गीसहितका लोपोन्मुख प्राजातिको व्यापारका लागि अवैध कारोबारी उनीहरुको मूख्य बासस्थानमा जाने भएकाले तिनीहरुको सक्रियतालाई रोक्न सक्ने र बेचिएपछि स्वतन्त्र भएका प्रजातिको संरक्षणका लागि रचनात्मक उपाय अपनाउने हो भने यस्ता प्रजातिको संरक्षणमा ठूलो सफलता मिल्ने उहाँको भनाई छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर