Aamsanchar

दक्ष जनशक्ति नहुँदा मुटुको शल्यक्रिया सेवा प्रभावित

Author Image
बिहिवार, पौष २१, २०७३

काठमाडौं,

Transplant-Surgery

मुटुको शल्यक्रियाका लागि मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा उपचार सेवा प्रभावित हुने गरेको छ । मुटुको शल्यक्रिया गर्न ‘हार्ट लग्न्स्’ मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा बिरामीलाई भन्ने बित्तिकै सेवा दिन नसकेको मुटु रोग विशेषज्ञ डा. प्रेमराज वैद्यले बताउनुभयो ।

उहाँका अनुसार शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा ३ जनाले यो मेसिन चलाउने गरेका छन् । यस्तै वीर अस्पताल र बी एण्ड बी अस्पतालमा एक÷एक जना छन् । जनशक्तिको अभाव भएपछि अहिले यो मेसिन चलाउन अरुलाई पनि तालिम दिने तयारी भइरहेको उहाँले बताउनुभयो ।

टिचिङ अस्पताल, गंगालाल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, बी एण्ड बी र वीर असपतलाले मुटुको शल्यक्रियाको सेवा दिँदै आएका छन् । तर तालिमप्राप्त दक्ष जनशक्ति थोरै हुँदा शल्यक्रिया हुने यी सबै अस्पतालमा उपचार प्रभावित हुने गरेको छ । सिमित जनशक्तिले सबैतिर भ्याउनु पर्ने हुदाँ उपचार प्रभावित भएको हो ।

गंगालालमा दिनको चार पाँच जनाको मुटुको शल्यक्रिया भए पनि टिचिङ अस्पतालमा हप्ताको ३ दिन र भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा हप्ताको एक दिन मात्रै मुटुको शल्यक्रिया हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर