झापा,

पूर्व पश्चिम राजमार्ग झापाको विर्तामोड–२ घाग्राखोला भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ३११५ नम्बरको पिक अप गाडीले विपरीत दिशाबाट आउदै गरेको मे ३ प ४७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईलमा सवार झापाको महाभारा–७ का २५ वर्षीय अरुण राजवंशी र पछाडी सवार सोही ठाँउका २९ वर्षीय लोखचन राजवंशीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पिक अप गाडीको ठक्करबाट गम्भिर घाइते भएका दुई जनाको विर्ताममोड स्थित वि एण्ड सी हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरीले बताए ।

ठक्कर दिने सवारी र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय विर्तामोडले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Views: 125

