Aamsanchar

सुरुङ्गा जेसीजमा हालसम्मकै कान्छो अध्यक्ष

Author Image
बिहिवार, पौष २१, २०७३

15826055_1363775003654447_8500257199625384026_nसुरुङ्गा जेसीजको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जेसीजको सभा हलमा सम्पन्न साधारण सभाले स्थानिय युवा व्यवसायी एवं सामाजिक व्यक्तित्व जविन तिम्सिनालाई सन् २०१७ का लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
सुरुङ्गा जेसीजको स्थापना कालदेखी हालसम्म जेसीज अभियानमा सक्रिय रहँदै आएका तिम्सिनाले हरेक किसिमका सामाजिक गतिविधिमा आँफूलाई स्थापित गर्दै आएका छन् । अध्यक्षसहित कार्यकारिणी उपाध्यक्ष दुईजना, उपाध्यक्ष चारजना र जनसम्पर्क अधिकारी एकजना गरी जम्मा ८ वटा निर्वाचित पदहरुमा सर्वसम्मत नेतृत्व चयन भएको हो । यसरी सर्वसम्मत हुने कार्यकारिणी उपाध्यक्षद्वयमा रामप्रसाद निरौला र त्रिलोचन उप्रेती, उपाध्यक्षहरुमा प्रविन तिम्सिना, राजकुमार कट्टेल, पंकज मैनाली(निर्मल) र सुष्मा उप्रेती एवं जनसम्पर्क अधिकारीमा राजु पाठक रहेको वताइएको छ ।
निर्वाचन प्रक्रियावाट छनौट हुनु पर्ने यी पदहरुमा सर्वसम्मत गराउँनका लागि सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष जनक कार्कीको संयोजकत्वमा पूर्व अध्यक्ष शिवकुमार कडेल र सल्लाहकार सरोज सिटौला सदस्य रहेको निर्वाचन समिति साथै पूर्व अध्यक्षहरु कुमारमणी पोखरेल, मोतीखर ओझा लगायतले महत्वपूर्ण भूमिका खेलेका थिए । जेसीजको विधान अनुसार कानुनी सल्लाहकार, महासचिव लगायत अन्य महत्वपूर्ण पदहरु अध्यक्षले मनोनित गरी पदस्थापन कार्यक्रममा सार्वजनिक गर्ने तयारी भइरहेको नवनिर्वाचित अध्यक्ष तिम्सिनाले वताएका छन् ।
सुरुङ्गा जेसीजकी अध्यक्ष सरला पोखरेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष जनक कार्की, सल्लाहकार डिपी गौतम, मानार्थ सदस्य श्याम पौडेल, महिला उद्यमी महासंघकी महासचिव खिनमाया खतिवडा, सुरुङ्गा सामुदायिक अध्ययन केन्द्रकी अध्यक्ष सारदा पाठक, माओवादी केन्द्रका कनकाई नगर इञ्चार्ज गोपाल प्रसाईँ, होटल व्यवसायी संघका क्षेत्रीय अध्यक्ष होमप्रसाद विमली लगायतले मन्तव्य राखेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष खेम अधिकारीले स्वागत गरेका थिए । नमिता काफ्लेले आस्थावाचन गरेको कार्यक्रमको संचालन महासचिव रामप्रसाद निरौलाले गरेका थिए ।

 

जविन तिम्सिना  : अध्यक्ष, बर्ष २०१७ 

Views: 173

प्रतिक्रिया (०)