Aamsanchar

दुवईबाट ल्याइएको ३३ केजी सुनसहित तीनजना पक्राउ

Author Image
बिहिवार, पौष २१, २०७३

काठमाडौंः

Gold bars

Gold bars

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ३३ केजी सुनसहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले दुवईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको एयर अरेबियाको विमानमा ल्याइएको अन्दाजी ३३ केजी सुनसहित तीन जनालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रवक्ता मीरा चौधरीका अनुसार मोरङका दीनबन्धु थापा, बाँकेका गोपालबहादुर शाही र जनकपुरका सन्तोष काफ्ले सुनसहित पक्राउ परेका छन् ।

‘दुबईबाट लगेजमा सुन ल्याएको भेटिएको छ’ प्रवक्ता चौधरीले भनिन्, ‘थप अनुसन्धान भइराखेको छ ।’ सुटकेसमा ल्याइएको सुनमा १० तोलाको दरमा दुई सय ८२ पिस सुनका पाता, १९ थान औँठी र २० वटा माला छन् । बरामद सुनको बजार मूल्य १५ करोड बढी भएको प्रहरीले बताएको छ ।

प्रहरीले सुनको मालिक खोजी भइराखेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर