Aamsanchar

सप्तरीमा नौ राउण्ड अश्रुग्यास प्रहार

Author Image
बिहिवार, पौष २१, २०७३

राजविराजः

goli prahar

सप्तरीको खोजपुरमा प्रहरीले बिहीबार अपरान्ह नौ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीयवासीले बिहीबार पूर्व–पश्चिम राजमार्गमा एउटा ट्रकमा आगजनी गरेपछि भिडलाई नियन्त्रणमा लिन नौ राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

दुर्घटनामा बालकको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले सडक अवरुद्ध गर्नुका साथै ना २ ख ६१८० नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेर आगजनी गरेका थिए । आगजनीबाट ट्रकमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकको ठक्करले खोजपुर ८ स्थित पूर्व पश्चिम राजमार्गमा सप्तरीको पंसेरा ९ का लक्ष्मण रामको छोरा ११ वर्षीय अर्जुन रामको मृत्यु भएपछि स्थानीयवासीले दुई घण्टासम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

सडक आवागमन सुचारु गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेपछि आक्रोशित भिडले ट्रकलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेको हो । लाठीचार्जमा झडप भएपछि इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक राजेन्द्र यादवसहित एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर