दमक।
झापाको दमक–१० मा किरातका प्रथम राजा यलम्बरको सालिक निर्माण गरिएको छ । यलम्बर चोकका स्थानीय बासिन्दाले करिब रु नौ लाखको लागतमा यलम्बरको पूर्णकदको पक्की सालिक स्थापना गरेका हुन् ।
यलम्बर सालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिलाल राईले ५०७७ औँ यले संवत्को अवसर पारेर आउँदो माघ १ गते सालिक अनावरण गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।
विसं २०४७ सालमा यलम्बर चोक भनी नामाकरण गरिएको सो स्थानमा पाँचफिट सात इन्च अग्लो यलम्बरको पूर्णकदको सालिक निर्माण गरिएको छ ।
सालिकमा दमक नगरपालिकाको रु चार लाख ५० हजार लगानी छ भने स्थानीयवासी र विभिन्न दाताबाट रु चार लाख ५६ हजार ७६३ जुटाइएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 173