Aamsanchar

पूर्वी पहाडी क्षेत्रमा एक दशक यताकै उच्च हिमपात

Author Image
शुक्रवार, पौष २२, २०७३

तेह्रथुम ।
sagarmatha1

तेह्रथुम र संखुवासभाको सीमावर्ती तीनजुरे मिल्के, जलजले क्षेत्रमा एक दशक यताकै उच्च हिमपात भएको छ ।

चौकी, मंगलबारे, गुफापोखरी, लामपोखरी, सुकेपोखरी, मिल्के क्षेत्रमा बिहीबार दिउँसोबाटै व्यापक हिमपात भइरहेको छ । गुफापोखरी क्षेत्रमा ४ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।

यो वर्ष पहिलेभन्दा छिटो र झन्डै एक दशक यताकै बाक्लो हिमपात भएको गुफापोखरीको मकालु होटलका सञ्चालक हरिप्रसाद खनालले जानकारी दिए ।

यो वर्ष करिव १५ सय मिटर उचाईसम्म पनि हिमपात भएकाले जिल्लामा चिसो अत्यधिक बढेको छ । तेह्रथुमका लसुने, पिंगुवा, जिरीखिम्ती, सिमिनाक्सी डाँडा, तीनजुरे, पाथीभरा, घुर्मिसेलगायत तल्लो क्षेत्रमा पनि हिमपात भएको छ ।

यस्तै संखुवासभाका मकालु, पावाखोला, हटिया, चेपुवा, नुनढाकी, जलजला, सभापोखरीलगायत गाविसमा भएको हिमपातले जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर