Aamsanchar

संक्रान्ति बजारका अग्निपीडितलाई सहयोग

Author Image
शुक्रवार, पौष २२, २०७३

तेह्रथुम ।aago

तेह्रथुमको आठराई संक्रान्तिबजारका अग्निपीडितका लागि मोरङको विराटचोकको तीनजुरे बचत तथा ऋण सहकारी संस्थाले नगद रु ६० हजार राहत सहयोग गरेको छ । सहकारीका उपाध्यक्ष मोहनप्रसाद रिमालसहितको टोलीले बिहीबार तेह्रथुम सदरमुकाम म्याङलुङबजार पुगेर राहतबापतको रकम प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेलाई हस्तान्तरण गरेको हो ।

सो रकम बिहीबारै ‘संक्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’ मा जम्मा गरिएको छ । कार्यक्रममा आगलागी, अग्निपीडितको अवस्था र राहतको विषयमा स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्कीले जानकारी गराउनुभयो ।

सहकारीका प्रत्येक सेयर सदस्यबाट रु १०० सङ्कलन गरी राहत उपलब्ध गराइएको उपाध्यक्ष रिमालले जानकारी दिनुभयो । सो सहकारी संस्थामा तेह्रथुममा जन्मिएर मोरङको बेलबारी, विराटचोक र सुन्दरदुलारी क्षेत्रमा बसोबास गर्ने ७०० जना सेयर सदस्य रहेका छन् ।

यसअघि, मोरङकै बेलबारी र कोसी हरैँचा उद्योग वाणिज्य सङ्घलगायत सङ्घसंस्थाबाट पनि सङ्कलित रु एक लाख ३२ हजार राहत सहयोग उपलब्ध गराइएको थियो ।

कोषमा हालसम्म करिब रु १५ लाख रकम जम्मा भइसकेको छ भने संक्रान्तिबजार पुनःनिर्माणका लागि काँग्रेस नेत्री तथा सांसद सीता गुरुङले रु १५ लाख र प्रधानमन्त्री पुष्पकमल दाहालले राहत कोषबाट रु एक करोड दिने घोषणा गर्नुभएको छ ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर