उर्लावारी।

मोरङसँग सीमा जोडिएको इलामको साग्फारामा जङ्गली हात्तीको आक्रमणबाट शुक्रबार दिउँसो एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साग्फारा – २ का ८४ वर्षीय जयबहादुर लिम्बू रहेको मधुमल्लास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेश वान्तवा राईले जानकारी दिनुभयो ।

लिम्बूलाई शुक्रबार बिहान आफ्नै घरअगाडिको बाटोमा हिँड्दै गर्दा जङ्गली हात्तीले आक्रमण गरेको थियो । गम्भीर घाइते हुनुभएका उहाँलाई उर्लाबारीस्थित अरनिको अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Views: 201

