Aamsanchar

महाराष्ट्रका मुख्यमन्त्री ठाकरेद्वारा राजीनामा

Author Image
बिहिवार, असार १६, २०७९

काठमाडौं : भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्।  गएराति सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्।

‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु।  ठाकरेले भनेका छन, ‘पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’  ठाकरे त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए।

महाराष्ट्रका राज्यपाल कोसियारीले पनि बहुमत परीक्षण गर्न भन्दै आज बिहान ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए। त्यसविरुद्ध शिवसेनाका नेता सुनिल प्रभुले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चका न्यायाधीशहरु सूर्यकान्त र जेबी पार्डिवालाले रिटमा सुनुवाइ गर्दै विधानसभामा फ्लोर टेस्टलाई रोक्न नसकिने फैसला सुनाएका थिए। त्यसपछि मुख्यमन्त्री ठाकरेले राजीनामा दिएको घोषणा गरे।

अब महाराष्ट्रमाभाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने चर्चा छ।

Views: 363

प्रतिक्रिया (०)

सम्बन्धित खबर