Aamsanchar

स्वास्थ्यकर्मीको बृहत भेला सम्पन्न

Author Image
शनिवार, पौष २३, २०७३

झापा,

15871406_1049129418524657_321848760_n

झापाको धनुषकोटी धाममा शनिबार स्वास्थ्य क्षेत्रको विषयमा बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य महोत्सवलाई ध्यानमा राखेर भेला गरिएको जनाइएको छ ।

सोही अवसरमा विभिन्न संघ संगठनमा रहेका १२० भन्दा धेरै स्वास्थ्यकर्मीहरु नेपाल स्वस्थयकर्मी संघमा प्रवेश गरेका छन् । स्वास्थ्यकर्मीहरुको हकहित र सबै स्वास्थ्यकर्मीहरुलाई एकता बद्ध गराउदै उनीहरुको योग्यता र दक्षता अनुरुूपमा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको उक्त संगठनमा विभिन्न पार्टी निगक संघ संगठन परित्याग गरि कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संघमा प्रवेश गरेको जनाइएको छ ।
वनभोज कार्याक्रममा नवआगन्तुक भव्य स्वागत गरिएको थियो । कार्यक्रम नेपाल स्वस्थयकर्मी संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरे प्रमुख आथित्य रहेको थियो । जिल्ला जनस्वस्थय कार्यालयका अधिकृmत मधुसुधन कोइरालाको विशिष्ट अथितिको रुपमा रहेको कार्यक्रममा कांग्रेस महासमिति सदस्य देउमान थेवे, स्वस्थयकर्मी संघ केन्द्रिय सचिव नवराज श्रेष्ठ ,स्वस्थ्यकर्मी संघ केन्द्रिय प्रवक्ता सुरेस खड्का, ट्रेड युनियन कांग्रेसका झापा अध्यक्ष प्रताप अधिकारी क्षेत्र नं ६ सभापति रोहित शाह, प्रताप साह लगायत रहेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष घिमिरेले पद व्यवस्थापन लाई सवै तहको आत्मसम्मान हुने गरी व्यवस्थापन गर्ने पहल आफुले गर्ने वताएका छन् । घिमिरेले सघंको सिदान्त र आदर्शलाई साथ दिन तयार रहेको बताएका थिए ।

कार्यक्रममा देशमा नै पहिलो पटक आयोजना हुन लागेको स्वास्थ्य महोत्सवमा स्वास्थ्यकर्मीहरुको भुमिकाको विषयमा समेच चर्चा गरिएको ओम झापा मेडिकलका सञ्चालक सुरेश खतिवडाले बताए । उनले आफ्नो संगठनको तर्फबाट महोत्सवमा के गर्न सकिन्छ भन्ने विषयमा कुरा भएको उनले जानकारी दिए ।

नेपाल स्वय्थ्यकर्मी संघका झापा अध्यक्ष गोविन्द श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रको संचालन नेत्र दहालले गरेका थिए भने वनभोज व्यवस्थापन राजिव विष्ट तथा लावहादुर पन्तले गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर