Aamsanchar

वामदेव निवासमा एमालेको आकस्मिक बैठक

Author Image
शनिवार, पौष २३, २०७३

काठमाडौं :

uml-5870ee45165547.46038164

संविधान संशोधन विधेयकका सन्दर्भमा संसद्मा कसरी प्रस्तुत हुने भन्ने नयाँ रणनीति तय गर्न एमाले उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा एमाले स्थायी समितिको बैठक बसेको छ।

अपरान्ह चार बजेदेखि सुरु भएको बैठकमा बेलुकासम्म चलेको थियो। शुक्रबार राजधानीमा भएको शक्ति प्रदर्शनको समीक्षा र भावी रणनीति गर्न बैठक बोलाइएको हो । सर्वोच्च अदालतको फैसलापछि सरकार आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेस गर्ने तयारी गरेपछि यसलाई रोक्ने रणनीतिबारे बैठकमा छलफल भइरहेको छ ।

आइतबार बिहान अन्य विपक्षी दलहरुसँग समेत छलफल गरी निश्कर्षमा पुग्ने निर्णय भएको जानकारी बैठकमा सहभागी सचिव प्रदीप ज्ञवालीले बताए । उनले भने, ‘संविधान संशोधन फिर्ता लिएपछि मात्र सहमतिको वातावरण बन्छ। जबरजस्ती गरे हामी पनि प्रतिरोध गर्छौ।’

सरकारले मधेसलगायतका असन्तुष्ट पक्षलाई सम्बोधन गर्न गत मंसिर १४ गते संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो। तर एमालेलगायतका विपक्षी गठबन्धनले अवरोध गरेर संसद् चल्न नदिएपछि अहिलेसम्म विधेयक प्रस्तुत हुन सकेको छैन । एमाले संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने र निर्वाचनको घोषणा गर्नुपर्ने अडान राखेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर