काठमाडौं :
सर्वोच्च अदालतले लोकनमासिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बन्न अयोग्य रहेको ठहर गर्दै पदमुक्त गर्न आदेश दिएको छ। सर्वोच्चले कार्कीको नियुक्ति बदर गरेपछि अब नयाँ नियुक्तिका लागि बाटो खुलेको छ।
सर्वोच्च अदालतले आइतबार उक्त फैसला सुनाएको हो। न्यायधीशहरु र्इश्वरराज खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको पूर्ण इजलासले उक्त फैसला सुनाएको हो । पदको दुरुपयोग गरेको भन्दै लोकमानविरुद्ध संसद्मा समेत महाअभियोग दर्ता भएर छलफलको क्रममा छ।
कार्कीको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट निवेदनमा सर्वोच्चले एक वर्षपछि उक्त निवेदन खारेज हुने फैसला गरेकामा अधिवक्ता अर्यालले पुनः सर्वोच्चमा पुनरवलोकनका लागि निवेदन दिएका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 138