Aamsanchar

प्रशासनले सुकुम्बासी बस्ती बल प्रयोग गरेर हटाएपछि…

Author Image
आइतवार, पौष २४, २०७३

धनकुटा :

police

धनकुटा नगरपालिका वडा१ हिलेस्थित नेपाल विद्युत प्राधिकरण स्वामित्वको जग्गामा सुकुम्बासीको नाममा अनाधिकृत रुपमा वसोवास गरिरहेका टहरालाई स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ ।

स्थानीय प्रशासनले घर टहरा भत्काएर जग्गा खाली गर्न दिएको ३० दिनको अल्टिमेटममा पनि बस्ती हटाउन अटेर गरेपछि आइतबार दुई वटा डोजर प्रयोग गरी बस्ती हटाएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, नेपाल प्रहरीका एसपी सुदीपराज भण्डारी, नेपाल विद्युत प्राधिकरणका प्रमुख धुव्र कार्की, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मका दुर्गेश थापालगायतको नेतृत्वमा बस्ती हटाउन ठूलो संख्यामा शसस्त्र प्रहरी, जनपथ प्रहरी र विद्युतका कर्मचारी परिचालन गरिएको थियो।

हिले स्थित नेपाली सेनाको २ नम्वर बाहिनी अड्डासँग जोडिएको नेपाल विद्युत् प्राधिकरण स्वामित्वको १ सय ९५ रोपनी मध्ये १० रोपनी भन्दा बढी जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरि ४७ घरपरिवारले टहरा बनाई वर्षौ देखि वसोवास गरिरहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१