डडेल्धुरा।

शनिबार राति परेको हिमपातका कारण साउखर्कमा अवरुद्ध भएको भीमदत्त राजमार्ग खोलेर फर्कँदा नेपाली सेनाको गाडी दुर्घटना भएको छ ।

हिमपातका कारण अवरुद्ध सडक खोलेर फर्कने क्रममा गरुड दल गण डडेल्धुरास्थित नेपाली सेना चढेको गाडी दुर्घटना हँुदा ३३ जना घाइते भएका छन् ।

अवरुद्ध बाटो खोली फर्कने क्रममा साउखर्कभन्दा करिब पाँच सय मिटरयता डडेल्धुरास्थित गरुड दल गणका सेना चढेको गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो । घाइतेमध्ये तीन जना सिकिस्त रहेको गरुड दल गणका सहसेनानी प्रेम बोगटीले बताउनुभयो । घाइते सेनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Views: 193

