Aamsanchar

अध्यक्ष ओलीसँग एमालेका नेता नै सशंकित

Author Image
सोमवार, पौष २५, २०७३

काठमाडौं।

kp-oli-and-deuba

एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच २०७३ पुस ११ गते भएको ‘विशेष डिनर र जनीतिक भेटघाट, छलफल’का बारेमा अध्यक्ष ओलीले एमाले पार्टीका सबै नेताहरूलाई १५ दिन बितिसक्दा पनि बिफ्रिङ नगरेको बुझिन्छ ।

एककान दुईकान हुँदै एमाले नेतागणको मैदानमा डिनर मिटिङको कुरा फैलिइसकेको छ र यो विषयले एमालेकै कतिपय नेताहरू सशंकित हुन थालेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।

संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेमा पहिलो कदम स्थानीय तहको निर्वाचन भएकाले त्यस्तो निर्वाचन गराउने जिम्मेवारी कांग्रेसलाई दिँदा एमालेले कहाँ के कति क्षति व्यहोर्नु पर्ने हो ? निर्वाचन हुने अवस्थामा एमालेको मुख्य प्रतिस्पर्धी दल भनेकै नेपाली कांग्रेस भएकाले कांग्रेससँग एमालेले सहकार्य गरेर अघि बढ्दा पार्टी हितमा हुन्छ कि हुन्न ? एमालेका शीर्ष नेताहरू अहिले यसै विषयमा गम्भीरतापूर्वक सोँच विचारमा लागेको बताइन्छ ।

उता सो डिनर मिटिङको खबर पाएपछि प्रधानमनत्री प्रचण्ड र कूटनीतिक क्षेत्र खास गरी भारतीय राजदूतावास पनि सशंकित बनेका छन् ।
स्रोतका अनुसार, प्रचण्डले देउवालाई यो विषयमा सोधेका छन् । तर देउवाले के जवाफ दिए भन्ने थाहा भएको छैन ।

माओवादी केन्द्रका नेताहरूको हाइकमाण्ड बैठकमा प्रचण्डले ‘ओली र देउवाबीच केही ठोस सहमति भएको हुन सक्छ, यो विाष्यमा समेचत हुनुपर्छ’ भनेको बुझिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर