Aamsanchar

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

Author Image
बुधवार, असार २९, २०७९

मकवानपुर-मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष भुवनसिंह घलानलाई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्ष घलानलाई मंगलबार दिउँसो १ बजे हेटौंडा बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार वडा अध्यक्ष घलानलाई पीडित छात्राले दिएको जाहेरीको आधारमा मंगलबार दिउँसो पक्राउ गरिएको हो ।राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन आएकी कैलाश–९, नामटारस्थित कालिका माविकी छात्रालाई दुव्र्यवहार गरेको वडा अध्यक्ष घलानलाई आरोप छ । प्रतियोगितामा सहभागि हुन आएकी ती छात्रालाई वडाअध्यक्ष घलानले असार १८ गते राति हेटौंडा–१० स्थित होटलमा यौन दुव्र्यवहार गरेको आरोपमा छ ।घटनापछि पीडित छात्रा र उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएका थिए । पक्राउ परेका वडा अध्यक्ष घलानलाई हिरासतमै राखी आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)