Aamsanchar

ल हेर्नुहोस्, लोकमान काण्डमा उतिबेलै फुस्केको थियो शीर्ष नेताहरुको सुरुवाल !

Author Image
सोमवार, पौष २५, २०७३

काठमाडौं,

लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख हुन योग्य थिएनन् । आमनागरिकले साढे तीन वर्षअघिदेखि भन्दै आएको यो कुरा सर्वोच्च अदालतको फैसलाले पुष्टी गरेको छ ।

अयोग्य मान्छेलाई यति ठूलो पदमा नियुक्त गर्नेहरु पनि योग्य होइनन् भनेर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । तर सर्वोच्चको फैसलाले लोकमानलाई सिफारिस र नियुक्त गर्नेहरुलाई छोएको छैन ।

उनीहरुले सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने हो, त्यो पनि भएको छैन । लोकमानलाई नियुक्ति गर्ने बेलैमा ‘नेताहरुको सुरुवाल खुस्किसकेको’ थियो । जुन कुरा चर्चित कार्टुनिष्ट वात्स्यायनको यो कार्टुनबाट प्रष्ट हुन्छ ।

ठूला दलहरुको सहमतिमा २०७० साल वैशाख २५ गते तत्कालिन राष्ट्रपति रामवरण यादवले संवैधानिक परिषदको सिफारिसमा कार्कीलाई अख्यितार प्रमुख नियुक्त गर्नुभएको थियो । २०६२–०६३ को जनआन्दोलनमा दमन गरेको, अनियमितता गरेको लगायतका कारणले कार्की विवादमा परेका थिए ।

कार्टुन साभारः कान्तिपुर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर