Aamsanchar

शनिश्चरेमा खुल्यो ठुलो मार्ट

Author Image
शनिवार, असार ३२, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा ८ स्थित शनिश्चरे बजार बुढाथोकी मार्केटको पहिलो तल्लामा अर्जुनधारा सपिङ मार्ट संचालनमा आउने भएको छ ।

विभिन्न क्षेत्रमा आवद्ध १८ जना व्यक्ति र दुईवटा संस्थाको सामूहिक लगानीमा मार्ट संचालनमा आउने भएको शनिबार पत्रकार भेटघाट गरी जानकारी दिईयो । तिन करोड रुपैंयाको लगानिमा संचलन गरिने मार्टका लागि पाँच सदस्यीय संचालक समिति गठन गरिएको छ । संचालक समितिको अध्यक्षमा ताराप्रसाद नेपाल, उपाध्यक्ष राजकुमारी शेर्पा, सचिव यदुनन्दन दाहाल, सदस्यहरु भानु जोशी ज्ञवली र प्रभाकर सोनी रहेका छन् ।

दैनिक उपभोग्य सामग्री, स्टेसनरी, कस्मेटिक्स, होम ग्लोरीका सामाग्री एउटै छानामुनी उपलब्ध रहेको मार्टमा होम डेलिभरीको सुविधा समेत रहेको सचिव यदुनन्दन दाहालले जानकारी दिए । आगामी श्रावण २ गते उद्घाटन गरिने मार्टमा होम ग्लोरीको सामग्रीमा एक साता सम्म १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको उनले बताए ।
बजारमा पाईने मुल्य भन्दा सस्तो र गुणस्तरीय सामग्री ग्रहकलाई उपलब्ध गराईने अध्यक्ष ताराप्रसाद नेपालले बताए ।

उक्त मार्टमा हाल १० जनाले प्रत्यक्ष रोजगारी पाईरहेको सदस्य भानु जोशी ज्ञवालीले बताए । उनको भनाई अनुसार अर्जुनधारा सपिङ मार्ट सो क्षेत्रकै ठुलो मार्ट हो । मार्ट ५४ सय स्क्वार फिटको रहेको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
7
+1
1
+1
0
+1
4
+1
2
+1
3
+1
1
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१