Aamsanchar

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे निर्वाचित

Author Image
बुधवार, साउन ४, २०७९

श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिङ्घेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन् । गोटाबाया राजपाक्षेले श्रीलंकाबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो ।

रनिल विक्रमासिंघेको कार्यकाल नोभेम्बर २०२४ मा समाप्त हुनेछ । उनले गोटाबाया राजपाक्षेको बाँकी कार्यकाल पूरा गर्नेछन् ।

Views: 350

प्रतिक्रिया (०)

सम्बन्धित खबर