

काठमाडौं : नेपाली बजारमा सुनको भाउ एकै दिन तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा एक हजारले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन ९२ हजार ६ सयमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ पनि घटेको छ। बुधबार तोलाको एक हजार १६५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर एक हजार १५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
Views: 512


