Aamsanchar

एक हजार रुपैयाँले बढ्याे सुनकाे भाउ

Author Image
शुक्रवार, साउन ६, २०७९

काठमाण्डाै – हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले नै बढेर ९४ हजार रुपैयाँमा पुगेको छ ।

हिजो भाउ घटेर तोलामा ९३ हजार रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ९४ हजार रुपैयाँमा पुगेको हाे । समग्रमा यो हप्ता सुनको भाउ चार सय रुपैयाँले बढ्यो ।

हप्ताको पहिलो दिन आइतवार तोलामा ९३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसपछि सोमवार चार सय रुपैयाँले बढेर ९४ हजारमा पुगेको थियो भने मङ्गलवार २ सय रुपैयाँले घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको थियो  ।

बुधवार फेरि ९४ हजार रुपैयाँ पुगेकोमा हिजो एक हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा झरेको थियो ।

यस्तै, यो हप्ता चाँदीको भाउ समग्रमा ५ रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज अन्तिम दिन १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर