Aamsanchar

मुसुरोको दाल भनेर विदेशी चुरोटको तस्करी, वीरगञ्ज भन्सारले समात्यो, १० करोडभन्दा धेरै जरिवाना

Author Image
शनिवार, साउन ७, २०७९

कतिपय विदेशी बस्तुको आयातमा नेपाल सरकारले रोक लगाएयता अवैध ढंगले विदेशी बस्तु नेपाल भित्रिने गरेको घटनाहरु बढन थालेको छ । वीरगन्जको सुक्खा बन्दरगाहमा दुबईबाट भारतहुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ । मुङ्गको दाल भनी जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाखभन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको हो ।

गुडाङ गरम नामको विदेशबाट तस्करी गरेर भित्र्याइएका ती सामान अहिले पनि बजारमा छ्यापछ्याप्ती पाइन्छ । वीरगन्ज भन्सारमा तस्करीहुँदै गर्दा ती सामानहरू बरामद गरिएका हुन् । यस भन्सारनाकामा यस्ता सामानहरू ठूलो परिमाणमा बरामद भएको यो पहिलो घटना हो ।

नेपालमा विगत ५ वर्षमा चुरोटमा लाग्ने कर २ देखि ४ गुणा हुनेगरी बढाएपछि अहिले चुरोट एकदमै महँगो र अत्यधिक कर लाग्ने भएकाले तस्करी गर्दा धेरै फाइदा हुनाले चुरोटको तस्करी बढेको छ ।

चुरोट यस्तो वस्तु हो, जसको उत्पादन गर्न लाग्ने लागतभन्दा करको भार बढी हुन्छ । चुरोटमा अन्तशुल्क, स्वास्थ्य जोखिम कर, मुअकर, भन्सार, अन्तशुल्क स्टिकरलगायतका कर असुल गर्ने गरिएको छ ।

स्वदेशी चुरोटभन्दा सस्तो पर्ने, प्याकेजिङमा देख्दै फोहोर देखिने चित्र नहुने, व्यापारीलाई धेरै फाइदा हुने आदि कारणले यी अवैध चुरोटले बजार लिएको देखिन्छ ।

जानकारहरूका अनुसार नेपालमा चुरोटको अवैध व्यापार दुई तरिकाबाट हुने गर्छः

१,वीरगन्ज भन्सारमा समातिएको जस्तो तेस्रो मुलुकबाट गैरकानुनी रूपमा तस्करी भई काठमाडौं पोखरालगायतका शहरमा हुने गैरकानुनी अन्तर्राष्ट्रिय ब्राण्डहरूको व्यापार ।

२,सिमावर्ती क्षेत्रमा सिमापारबाट नेपाली ब्राण्डकै नक्कली चुरोट बनाएर गैरकानुनी रूपमा हुने व्यापार– सीमा क्षेत्रमा नेपालकै सबैभन्दा धेरै बिक्ने खुकुरी, शिखरलगायतका चुरोटहरू भारतमा गैरकानुनी रूपमा बनाएर नेपालमा तस्करी गरी सस्तो मूल्यमा बिक्री हुने गरेको पाइएको छ ।

मधेस प्रदेशका अधिकांश जिल्लामा नक्कली चुरोटको व्यापार अधिक छ । सिमावर्ती क्षेत्रमा यसको व्यापार कानुनी चुरोट बाराबर नै रहेको त्यस क्षेत्रका व्यवसायीहरू बाताउँछन । नेपाल प्रहरी र राजस्व कार्यलयहरूले बेलाखबत यस्ता गैरकानुनी चुरोट बरामद गरे पनि यो नियन्त्रण हुन सकेको छैन । गत वर्ष सूर्य नेपाल प्रालिको निवेदनमा भारतको मुजफ्फपुरमा रहेको नक्कली चुरोट उत्पादन गर्ने एक कम्पनीलाई कारबाहीसमेत गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 605

प्रतिक्रिया (०)

सम्बन्धित खबर