

बिर्तामोड । झापाको विर्तामोडमा दुईदिने श्रावणी मेला आयोजना भएको छ । हिजो शुक्रबार देखि सुरु भएको मेला आज सम्म संचालन हुने छ ।

सिटी सेन्टर भित्र आयोजना गरिएको मेलामा झापा, मोरङ र सुनसरीका गरि ३२ वटा स्टलहरु रहेको छ ।


‘नारीको पहिचान समाजको शान भन्ने नारासहित माहेश्वरी महिला मञ्च विर्तामोड नगर समितिले आयोजना गरेको मेलाले महिलाहरुलाई उद्यमशिल र व्यवसाय गर्न प्रोत्साहन गर्न सघाउ पुर्याउने उदेश्यले श्रावणी मेला आयोजना गरिएको माहेश्वरी महिला मञ्चकी अध्यक्ष रिता चित्लाङगीयाले बताईन् ।


मुख्य गरि महिलाहरुको लागि चाईने श्रृगार, लत्ताकपडा, भान्छामा प्रयोग हुने सामग्रीहरु स्टलमा राखिएको छ । यसको अलवा खानेकुराका परिकारहरु पनि मेलामा रहेको छ ।

सहारा नेपाल सकोसको समेत प्रायोजन रहेको मेलाको उद्घाटन विर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईंले गरेकी थिईन् ।

Views: 374

