Aamsanchar

भारतमा नयाँ राष्ट्रपति मुर्मुले शपथ लिइन्

Author Image
सोमवार, साउन ९, २०७९

काठमाडौं- भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मुले आज (सोमबार) पद तथा गोपनियताको शपथ लिनुभएको छ । मुर्मुले सोमबार बिहान एक विशेष समारोहकाबीच पद तथा गोपनियताको शपथ लिनुभएको हो । प्रधानन्यायाधीश एनबी रमणले मुर्मुलाई राष्ट्रपतिको पद तथा गोपनियताको शपथ गराउनुभयाे ।

भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित ६४ वर्षीय मुर्मु भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नुभएको हो । उहाँले सोमबारदेखि कार्यभार सम्हाल्नु हुने भएकाे छ ।

Views: 466

प्रतिक्रिया (०)

सम्बन्धित खबर