मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ ।
दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बुधबार देशभर बदली रहनेछ। पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 369