काठमाडौं –साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने बुधबार ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 393