Aamsanchar

पानीमा डुबेर दुईको मृत्यु

Author Image
बुधवार, पौष २७, २०७३

विराटनगर।

dubera

उदयपुर र सुनसरी जिल्लामा बुधबार पानीमा डुबेर दुई जनाको ज्यान गएको छ।

उदयपुरको कटारी नगरपालिका ७ बस्ने ४५ वर्षिय टिका बहादुर कार्कीको स्थानीय राजाबास खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ। कार्कीको शव दिउँसो २ बजे स्थानीयले राजवास खोलामा डुबेको अवस्थामा भेटेका हुन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएका प्रहरीको टोलीले मृतकको शव पोष्टमार्टमकालागी कटारी अस्पताल पठाएका छन। घटनाबारे अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।
त्यसैगरी सुनसरीको छिटाहा गाविस ६ बस्ने ५५ वर्षिय पानालाल उराव घर नजिकै रहेको नहरमा मृत फेला परेका छन। उराव दिउँसो खाना खाएपछि गहुँ बालीमा पानी र मल हाल्न जान्छु भनि बाहिर निस्किएका थिए।

उनको अपरान्ह ३ बजे बजार आउने मानिसले नहरमा डुबेको अवस्थामा मृत् भेटेपछी प्रहरीलाई खबर गरेका हुन्। घटनाबारे इलाका प्रहरी कार्यालय छिटाहाका प्रहरीबाट अनुसन्धान भई रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर