Aamsanchar

बाबा रामदेवको पतञ्जली बिस्कुटमा जिउँदो किरा !

Author Image
शुक्रवार, पौष २९, २०७३

नयाँ दिल्ली:biskute

योग गुरु बाबा रामदेव सदैव आफंनो संस्था पत्ञ्जलीको उत्पदानको शुद्धता र गुणस्तरको प्रशंसा गरिरहन्छन् ।

पतञ्जलीका सद्भावना दूत समेत रहेका रामदेवले पतञ्जलीको उत्पादनको प्रशंसा गरिरहँदा उनका उत्पादनमा गम्भीर किसिमको प्रश्न पनि खडा भइरहन्छन् ।

भारतबाट सार्वजनिक भएको एक ताजा घटनामा रामदेवको पतञ्जली विस्कुटबाट जिउँदै किरो निस्किएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा केही युवाहरु रामदेवको पतञ्जली विस्कुटबाट किरा निस्किरहेको देखाइरहेका हुन्छन् ।

यो भिडियो अनुसार पतञ्जलीको दूध बिस्कुटको बन्द रहेको प्याकेट खोल्ने बित्तिकै किरा निस्केको देख्न सकिन्छ । यो भिडियो ७ डिसेम्बर २०१६ को हो । जसमा युवकहरुले देखाए अनुसार प्याकेटको प्याकेजिङ जुन २०१६ को रहेको छ । तर यति छोटो अवधिमै यो विस्कुटमा किरा पर्न गएको देख्न सकिन्छ ।

यस भिडियोमा युवकहरु पतञ्जलीका उत्पादनमा व्यङ्ग्य गर्दै‌ ‘दूध बिस्कुट’ को तुलना डिस्कभरी च्यानलको कार्यक्रमसँग गरेका छन् ।

डिस्कभरी च्यानलको कार्यक्रममा किरामा धेरै प्रोटिन हुने व्याख्या गरिएको हुन्छ । त्यही कारण ती युवाले पतञ्जलीप्रति कटाक्ष गर्दै बाबा रामदेवले जनतालाई प्रोटिनयुक्त बिस्कुट बाँडिरहेको उल्लेख गरेका छन् । कारोबार

Views: 115

प्रतिक्रिया (०)