

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सातसय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको ९६ हजार आठसय रुपैयाँमा कारोबार भैरहेको छ ।चादीँको मूल्य स्थिर रहेको छ । चाँदी आज बजारमा एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Views: 309


