Aamsanchar

झापाली समाज युएईको प्रथम अधिवेशन सम्पन्न

Author Image
आइतवार, माघ २, २०७३

भरत शिवाकोटी

[युएई]

uae

झापाली समाज यु.ए.ई. को प्रथम अधिवेशन १३ जनवारी २०१७ मा अलेनको ग्रीन लाईन रिसोर्टमा सम्पन्न भएको छ । निर्धारित समय भन्दा झन्डै ३ घण्टा ढिलो शुरु भएको अधिवेशनमा झापाली समाजको युएईमा गठित विभिन्न क्षेत्रीय समितीहरु बाट प्रतिनिधि,पर्यवेक्षक,स्वयंसेवक गरि बाक्लो संख्यामा उपस्थिती रहेको थियो ।

प्रमुख अतिथी युएई स्थित नेपाली राजदुतावासका दितीय सचिव कृष्ण अर्याल तथा विशेष अतिथीहरुयुएई स्थित नेपाली राजदुतावासका तृतीय सचिव संगीता न्यौपाने, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, एनआरएन एनसीसी का युवा प्रतिनिधि निश्चल तिर्थ दाहालर अतिथीहरुसमाजकी सल्लाहाकार मोती राई,संरक्षक हेमन्त पौडेल लगायत अन्य संघ संस्था का प्रतिनिधिहरुले संयुक्त रुपमा पानसमा बत्ति बालेर उदाघाटन गरिएको उक्त अधिवेशनमा उदघाटन पश्चात नेपाली राष्ट्रिय गीत द्वारा सबैलाई स्वागत गरिएको थियो ।

अधिवेशनमा प्रमुख अतिथी युएई स्थित नेपाली राजदुतावासका दितीय सचिव कृष्ण अर्यालले झापाली समाज यु.ए.ई. ले स्थापना भएको छोटो अवधिमा गरेका कार्यहरु कदरयोग्य रहेको बताउँदै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

विशेस अतिथी चन्द्र प्रसाद सापकोटाले झापाली समाजले आफ्नो स्थापना सँगै सफलता र आन्तरिक विभाजनको असफलता विच आफुलाई गुजार्दै समाज सेवाको कार्यमा अघि बढेको चर्चा गर्दै अधिवेसनबाट चयन हुने नयाँ कार्यसमितीले आन्तरिक एकतामा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा अर्का विशेस अतिथीएनआरएन एनसीसी का युवा प्रतिनिधि निश्चल तिर्थ दाहालले समाजका विगतका तिक्ततालाई नकोटयाई आगामी कार्ययोजना बनाउन आग्रह गर्दै सम्पूर्ण झापालीहरू एक हौ भन्ने नारालाई सार्थक बनाउन जोड दिएका थिए ।

समाजका केन्द्रीय सदस्य मित्रलाल पोखरेल ले स्वागत मन्तव्य राखेको कार्यक्रममा समाजको झापा सम्पर्क समितीको तर्फबाट संयोजक भुपाल शिवाकोटी द्वारा पठाइएको अधिवेशन सफलताको शुभकामना पत्र वाचन गरेर सुनाइएको थियो । अधिवेशनआयोजक समितीका संयोजक मणी सुवेदीलगायत अन्य अतिथीहरुले समेत मन्तव्य राखेको उदघाटन कार्यक्रममा समाजका सांस्कृतिक विभागका कलाकारहरुले तयार पारेको झापाली समाजको स्वागत गीततथारास्ट्रिय गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

उदघाटन समारोहका सभापति मोहन शिवाकोटीले बन्द सत्र कार्यक्रम संचालनका निमित्त नरेश लामिछाने,गुरुभक्त भट्टराई,भरत शिवाकोटी,टि. एन. शर्मा, हेमन्त पौडेल र लक्ष्मण गिरी सम्मिलित ७ सदस्य अध्यक्ष मण्डल घोषणा गर्दै झापाली समाजको अधिवेशन आयोजक समिती विगठन गरेका थिए । कार्यक्रम समाजका केन्द्रीय सदस्य हरि कटुवालले संचालन गरेका थिए ।

बन्द सत्र कार्यक्रममा विगठित समाजका संगठन विभागका सदस्य मणी सुवेदीले विधान संसोधन मस्यौदा समिती द्वारा संसोधित विधान,विगठित समाजका महासचिव टेकनाथ अधिकारीलेसंस्थाको प्रतिवेदन र विगठित समाजका कोषाध्यक्ष दुर्गेश सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सबै प्रतिवेदनहरु उपर प्रतिनिधिहरुले टिप्पणी गरेका प्रशनहरुको जवाफ सम्बन्धित प्रतिवेदन प्रस्तोताले दिएपछि प्रतिवेदनहरु सर्वसम्मतले पारित भएको थियो । बन्द सत्रबाट सर्वसम्मत रुपमा पछी ३ सदस्य थप्नेगरी रोहीत भण्डारीको अध्यक्षतामा २७ सदस्य झापाली समाज यु.ए.ई. केन्द्रीय कार्यसमिती चयन भएको छ ।

जसको प्रथम,दितीय र तृतीय उपाध्यक्षहरुमा क्रमशःदिपक बस्नेत,डिल्लीराज कटुवाल र शान्ता नेम्बाङ्ग चयन भएका छन भने महासचिवमा मणी सुवेदी,सचिवमा इन्द्र भण्डारी र पारस लामा,कोषाध्यक्षमा सुमन भट्टराई,सह कोषाध्यक्षमा छविलाल खनाल र सदस्यहरुमा क्रमशः प्रकाश सिग्देल,सम्झना कुमारी लिम्बु,चेतनारायण भट्टराई,तारादेवी काफ्ले,प्रदिप संग्रौला चयन भएका छन । केहि क्षेत्रबाट पछी आफ्नो प्रतिनिधित्व पठाउने र केहि रिक्त केन्द्रीय सदस्यहरु निर्वाचित कार्यसमितीले थप्ने निर्वाचित महासचिव मणी सुवेदीले जानकारी दिएका छन ।

निर्वाचित कार्यसमितीलाई निर्वाचन समितीका प्रमुख नरेश भट्टराई,सदस्य निश्चल तिर्थ दाहाल, निवर्तमान अध्यक्ष मोहन शिवाकोटी लगायतले कार्यकाल सफलताको शुभकामना दिएका थिए भने अध्यक्ष मण्डलका अध्यक्ष हेमन्त पौडेलले शपथ ग्रहण गराउँदै शुभकामना दिएका थिए ।

निर्वाचित कार्यसमितीका अध्यक्ष रोहित भण्डारीले प्रतिवद्दता व्यक्त गर्दै सम्पूर्ण झापालीहरुको चाहना युएईमा आफ्नो स्थापनाको केहि समयमा नै आन्तरिक मतभेदका कारण विभाजन भएर गठन भएको अर्को झापाली समाजलाई एकत्रित गरि एउटै झापाली समाज बनाउने रहेको र सबैको साथ रहेमा आफुले उक्त कार्य सफल पार्नुका साथै झापाली समाजलाई थप समाज सेवाको दिशामा अग्रसर गराउने बताएका थिए ।

अध्यक्ष मण्डलका अध्यक्ष हेमन्त पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनको बन्द सत्र कार्यक्रमको संचालन अध्यक्ष मण्डल तथा निर्वाचन समितीका सदस्य सचिव भरत शिवाकोटीले गरेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर