Aamsanchar

एयरबस किन्न अमेरिकी कम्पनीलाई अनुमति

Author Image
आइतवार, माघ २, २०७३

काठमाडौं:

airbus-

नेपाल वायु सेवा निगमले नयाँ एयरबस खरिदका लागि कम्पनी छनौट गरेको छ ।
निगम सञ्चालक बोर्डले अमेरिकन एएआर कर्पोरेस कम्पनीलाई नयाँ एयर बस उपलब्ध गराउन अनुमति दिएको हो ।

निगमले कम्पनीसँग दुई महिना भित्रै खरिद सम्झौता गर्ने जनाएको छ । एएआर कम्पनीले नेपालले माग गरे अनुसारको नयाँ एयर बस थ्री २०-२०० को एयरबस ११ अर्ब २८ करोड रुपैयाँ उपलब्ध गराउने छ । दुईटाको मूल्य २२ अर्ब ५७ करोड पर्ने भन्दै निगमले आह्वान गरेको गोल्बल टेन्डरमा एएआर कर्पोरेसनले प्रस्ताव पेस गरेको थियो ।

कम्पनीको प्रस्ताव निगमले मूल्यांकन कमिटिले यसअघि नै सञ्चालक समिति बोर्डमा पठाएर एएआर कर्पोरेसन कम्पनीलाई नयाँ एयरबस उपलब्ध गराउन सहमति दिन भन्दै सिफारिस गरेको थियो ।

मूल्यांकन कमिटिले गरेको सिफारिसका आधारमा निगमले एएआर कम्पनीलाई नयाँ एयर बस उपलब्ध गराउन अनुमोदन गरेको हो ।

कम्पनीले २०१७ सेप्टेम्बर भित्र पहिलो जहाज र २०१८ को मार्च भित्र दोस्रो जहाज उपलध्ब गराउनुपर्ने हुन्छ । कम्पनीले भने तोकिएको समयभन्दा अघि नै जहाज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । निगमले नेपाल सरकारकै लगानीमा २५ अर्ब रुपैयाँ खर्च गर्दै दुईटा जहाज किन्ने निर्णय गरेको थियो ।

निगमले अाह्वान गरेको टेन्डरमा एएआरसहित १० कम्पनीले प्रस्ताव दर्ता गरेका थिए ।

निगमले नयाँ एयरबस आउँना साथ कार्यान्वयन हुने गरी आफ्नो व्यापारिक योजना समेत तयार पारेको छ । निगमले नयाँ जहाजमा जापान, कोरिया र साउदीको दमाममा उडान भर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर