Aamsanchar

रूखबाट लडेर मृत्यु

Author Image
सोमवार, माघ ३, २०७३

इलाम।hatya-1

इलामको सिद्धिथुम्कामा रूखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

घाँस काट्न रूख चढेका सिद्धिथुम्का–७ का ६५ वर्षीय गोपीकृष्ण खनालको लडेर ज्यान गएको हो ।

उनको शरीरका विभिन्न हाडजोर्नी भाँचिएका थिए । रूखबाट लडेर गम्भीर घाइते हुनुभएका खनालको गएराति उपचारका लागि विर्तामोडतर्फ लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर