

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पानि गत कारोबार दिनभन्दा आज तोलामा पाँच रुपैयाँले घटेको छ ।
सोमबार तोलामा १ हजार १६५ रुपैयाँमा कायम भएको चाँदी आज १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।
Views: 441


