Aamsanchar

विद्युत् चुहावट नियन्त्रण अभियान

Author Image
सोमवार, माघ ३, २०७३

इटहरी।

bijuli

नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा महशुल नतिर्ने आठ सय ६५ ग्राहकको विद्युत् लाइन काटेर महसुलबापतको बक््यौता रु एक करोड १७ हजार ३८२ असुल गरेको छ ।

विद्युत् महसुल नतिरेका औद्योगिक घराना र सर्वसाधारण ग्राहकबाट उक्त रकम असुल गरेको सुपरभाईजर रीतेशकुमार झाले जानकारी दिनुभएको छ ।
सोही अवधिमा ८ सय ७४ ग्राहकको बिद्युत लाईन काटी पुन जडान गर्दा ती ग्राहकबाट लिनु पर्ने महसुल बापत रु ९८ लाख ९२ हजार ६ सय ७६ थप रकम असुल भएको पनि सुपरभाईजर झाले बताउनुभएको छ ।
बिद्युत आपुर्तिलाई ब्यवस्थित तुल्याउने अभियानका क्रममा इटहरी बितरण केन्द्रले ३० वटा नयाँ ट्रान्सफरमर जडान गरेको र खनार सवस्टेशनमा १६ एमभीएको ट्रान्सफरम थपेर उपभोक्तालाई सरल रुपले बिद्युत प्रवाह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर