Aamsanchar

मलेसियामा गैह्रकानूनी कामदारले ‘वर्कपास’ पाउने

Author Image
मङ्गलवार, माघ ४, २०७३

काठमाडौं,bidesh

मलेसिया सरकारले आफ्ना देशमा कार्यरत गैह्रकानूनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’ दिने घोषणा गरेको छ ।

कामदारको अभाव हुँदा उद्योग चलाउन अवरोध भएको गुनासो बढेपछि गैरकानूनी हैसियतमा रहेका कामदारलाई अस्थायी वर्क पास दिन लागिएको उपप्रधानमन्त्री अहमद  जाहिद हमिदीले बताउनुभयो ।

गैरकानूनी रुपमा बसेका कामदारले अब दण्ड जरिवाना बिना केही समय वैधानिक बनेर काम गर्न सक्नेछन् ।

मलेसियाको अध्यागमन विभागले अस्थायी वर्क पास जारी गर्नेछ ।

Views: 131

प्रतिक्रिया (०)