Aamsanchar

हत्या भएको ४४ दिनपछि झापा पुगेर रामेछाप प्रहरीले समात्यो दुई हत्या आरोपी

Author Image
मङ्गलवार, माघ ४, २०७३

रामेछाप,

pakrau-586b05a7859292.27739011

जिल्ला प्रहरी कार्यालय रामेछापले झापाको लखनपुर–१ का विशाल खड्कालाई हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तेहथुम पौठाक–४ डाँडागाउँका २६ वर्षे मनकुमार लिम्बु र रसुवाको सरनथली–३ की १८ वर्षे बिन्दु तामाङ छन् ।  उनीहरुलाई झापा नगरपालिका–१० बाट माघ २ गते रामेछाप प्रहरीले पक्राउ गरेको हो । गत मंसिर ९ गते झापाको लखनपुर–१ का विशाल खड्कालाई रामेछापको मझुवा गाविस–१ निगलपानी भन्ने ठाउँमा ल्याएर गोली हानी हत्या गरी मृतक खडकाकै मे १ ज २१८७ नम्बरको टाटासुमो भित्र राखेर आगो लगाइएको थियो ।

अभियुक्तहरुले चालकलाई गाडीभित्रै आगो लगाएर हत्या गरेको कुरा प्रहरीसँगको बयानमा स्विकार गरिसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिनुभयो ।

यस घटनामा उनीहरु मात्र नभएर अर्का एकजना समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले पहिचान गरेका ती व्यक्ति भने फरार रहेको र उनको खोजीकार्य तिव्ररुपमा भइरहेको प्रहरीले जनाएको छ ।

फरार रहेका भनिएका अभियुक्त यसअघि पनि नेपाल प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । अभियुक्तले दिएको बयान र डेढ महिना लगाएर गरेको अनुसन्धानबाट प्रहरीले उक्त घटनामा चालक खड्का पूर्ण रुपमा निर्दोष देखिएका छन् ।

राजनीतिक, आर्थिक र व्यक्तिगत रिसिइबी समेत कतै नजोडिएको र घटनाको विवरण हेर्दा राज्यलाई चुनौति दिने हिसाबले मात्र झापादेखि खड्कालाई बहाना बनाएर रामेछापको मझुवामा ल्याइ गोली हानी हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

पक्राउ परेकाले तीन राउण्ड गोली हानी खड्काको हत्या गरेको समेत अनुसन्धानको क्रममा खुलेको छ । हत्याराहरुले हत्याबाट बच्न लासलाई गाडिभित्रै राखेर आगो लगाएको प्रहरी समक्ष बयान दिएका छन् ।

यस घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमोध ढुगेलको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । टोलीले ४४ दिन लगाएर गरेको अनुसन्धानको क्रममा मुख्य योजनाकार रामेछापकै एक व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर