

काठमाडौं – स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ । गत कारोबार दिन आइतबार ९५ हजार १०० रुपैयाँका कारोबार भएको सुन आज प्रतितोला ९४ हजार ५०० रुपैयाँका कारोबार भएको हो ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेर कारोबार भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 341


